हाँस्य कलाकार जोडी धुर्मुस र सुन्तली सरसफाई दुत

Dhurmus Suntali 5चर्चित हाँस्य कलाकार जोडी कुन्जना घिमिरे (सुन्तली) र सिताराम कट्टेल (धुर्मश)लाई नेपाल सरकार शहरी विकास मन्त्रालयले सरसफाई दुत बनाउने घोषणा गरेको

प्रत्येक हप्ता नेपाल टेलिभिजनमा मेरी बास्यै नामक हाँस्य श्रृंखला पस्कदैं आएको यो जोडीले अब हाँस्य कार्यक्रम तथा प्रस्तृतीमा सरसफाईबारे सामाजिक चेतना फैलाउन तथा आम मानिसको व्यवहार परिर्वतनहुने खालका सन्देश प्रवाहित गर्नेछन्

सुचना तथा संचार मन्त्री मिनेन्द्र रिजालले कलाकार दम्पत्तीलाई एक घर एक शौचालय अभियानबारे जनचेतना फैलाउन तथा अबको दुई वर्ष नेपाललाई खुला दिशा मुक्त क्षेत्र बनाउनको लागी सरसफाई दुतको रुपमा नियुक्त गरेको बताउनुभयो

सहरी विकास मन्त्रालयका सह प्रवक्ता तथा सिनिएर डिभिजनल इन्जिनियर कविन्द्र विक्रम कार्कीले चर्चित कलाकारले खानेपानी तथा सरसफाईको बारेमा चेतना फैलाउँदा अझ प्रभावकारी हुने भएकोले कलाकारद्धयलाई सद्भावना दुत बनाईएको बताउनुभयो सह प्रवक्ता कार्कीका अनुसार एक घर एक शोचालय अभियानसंगै स्वच्छ पिउने पानीको विषयहरुमा पनि जन चेतना जगाउनेछन्, उनिहरुले खाना खानु अघि हात धुने, पानी पिउनु ध्यान दिने लगाएतका विषयहरु समेट्नेछन्  

सरसफाई दुत घोषणा भएपछि सरसफाईका बारेमा विभिन्न जिल्लामा आयोजना गरीएका महोत्सवमा गएपछी जनचेतना मुलक कार्यक्रममा समेत सहभागी भईरहेका छन्  

दूत नियुक्त भएसंगै उनीहरुले देश दौडाहा गर्दै सरकारको सरसफाई अभियानमा साथ दिने छन् सरकारले आउँदो बर्ष भित्र नेपाललाई सरसफाई युक्त देश घोषणा गर्ने लक्ष्य लिएको जसअनुरुप धुर्मुस सुन्तलीलाई सरसफाई दूतकारुपमा सरकारले छनौट गरेको हो । 

सरसफाई दुत नियुक्त हुनुभएको , अब कसरी अघि बढ्नुहुन्छ(अन्र्तवार्ताश्रोतएभेरेष्टटाईम्स अनलाईन

हाम्रो कलालाई सम्मान गरेर सरकारले यो जिम्मेवारी हामीलाई सुम्पेको हामी एकदमै खुसी छौं सरकारको एक घर, एक चर्पी अभियानलाई सफल पार्न पनि हामीलाई सरकारले यो जिम्मेवारी दिएको हो अब हामी मेरी बास्सै, स्टेज कार्यक्रमदेखि विभिन्न शो मार्फत विभिन्न सरसफाइ कार्यक्रममा सहभागी भएर आफ्नो जिम्मेवारी पुरा गर्नेछौ

यो जिम्मेवारीलाई कसरी हेर्नु भएको ?

यो सिंगो कला जगतको सम्मान भएको हाम्रो ठहर कलाकारको माध्यमबाटै चेतना फैलाउन सकिन्छ भनेर सरकारले यो क्षेत्रलाई सम्मान गरेको हामीले बुझेका छौ

कसरी यस्तो जिम्मेवारीमा छानिएको होला जस्तो लाग्छbassai

हामीले तीन वर्ष अघि बनेको 'चर्पी बिहे' नामक छोटो फिल्ममा अभिनय गरेका थियौ केदार घिमिरे 'माग्ने बुढा' सुन्तली आफैले निर्देशन गरेको यो फिल्म जिल्लाजिल्लामा देखाइयो यही फिल्मको माध्यमबाट मानिसहरुले चर्पी बनाएको भन्ने खबर सुनियो पनि यसको कथा नै चर्पी हुनेको इज्जत भन्ने खालको थियो यही फिल्मको आधारमा छानिएको हो कि जस्तो हामीलाई लागेको

सीताराम जी मेरी बास्सैमा 'संस्कार गुरु' भनेर पनि चिनिनु हुन्छ, यसको प्रभाव हैन ?

मेरी बास्सै बिल्कुलै व्यवसायिक भएको हुनाले यहाँ अलि उट्याङपट्याङ कामहरु हुन्छन् संस्कार गुरु पनि यस्तै एउटा पात्रको रुप हो सरकार प्रभावित भएको मुख्य चाहि चर्पी बिहेबाट नै होला

सरकारले यस्तो अवसर दिएको , तपाईहरुलाई घाटा होला कि फाइदा ?

 घाटाको कुरै छैन यसले अझै राम्रा राम्रा सिर्जना गर्ने अवसर मिल्नेछ